Logo
Logo

कोरोनाको उच्च जोखिममा नौ जिल्ला



काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपालमा नौ जिल्ला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन वटै जिल्लासहित मोरङ, सुनसरी, चितवन, कास्की, बाँके र कैलाली उच्च जोखिममा रहेका छन् ।

यि जिल्लाहरूमा संक्रमितको संख्यासमेत दिनहुँ बढ्दो छ । पछिल्ला तथ्यांकअनुसार यी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल देशभरका २ जिल्ला संक्रमणमुक्त रहेको छ । सो जिल्ला मुगु र मुस्ताङ हुन् । तथ्यांक अनुसार अन्यमध्ये नौ जिल्ला उच्च् जोखिखमा रहेका छन् ।

देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बुधबारको तथ्यांक हो। मंगलबार देखिएको नयाँ संक्रमितभन्दा यो ६ सय ३१ ले बढी रहेको मन्त्रालयले जनाएको छ। । उपत्यकामा मात्रै एक हजार पाँच सय ३८ नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्