Logo
Logo

प्राइम कमर्सियल ११औँ साधारणसभा, रु १२८.५३ करोड वरावरको प्रतिफल वितरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आइतबार शेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै ११ औँ साधारणसभा सम्पन्न गरेको छ ।


बैंकको आजै सम्पन्न साधारणसभाले बैंकको संचालक समितिमा सस्थापक समूहमा उदयमोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्रदास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयरधनीको समूहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्ना शेयरधनीहरु लाई यथोचित र समयसापेक्ष प्रतिफल दिन बैक प्रतिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्