Logo
Logo

प्रतिपक्ष डराएको त हो, हराएकोचाहिँ छैन हैं !



माथवरसिंह बस्नेत ।
प्रतिपक्षको काम सत्तापक्षको विरोध गर्नु हो । मुखले सकारात्मक कामको समर्थन र नकारात्मक तथा जनविरोधी कामको मात्र विरोध गर्ने भन्न नछाड्ने । तर यथार्थमा सरकारलाई कामै गर्न नदिएर असफल तुल्याउनु उसको जन्मजात धर्म हो । त्यसो भनेर आध्यात्मिक धर्मलाई औंल्याइएको होइन, हरहालतमा पालन गर्नुपर्ने राजधर्मको स्मरण गराइएको मात्र हो । त्यसमा अहिलेसम्म कांग्रेस नराम्ररी चुकेको छ । त्यो उसमाथि आरोप पटक्कै होइन, यथार्थ मुखरित गरेको चाहिँ अवश्य हो । प्रमुख प्रतिपक्षका नाताले सरकारका अप्रजातान्त्रिक, जनविरोधी तथा भ्रष्ट क्रियाकलापको पाइलैपिच्छे विरोध गरेर सरकारलाई सचेत र जनतालाई जागरुक तुल्याउनु पर्ने थियो । तर कांग्रेस त्यसैमा विफल रहेको छ । कुन्नि किन हो, आफैं लज्जावती झार बनेर ओइलाउन थालेको छ । प्रकारान्तरले त्यसको अर्थ हो, सरकारका गलत कामलाई प्रतिपक्ष आफैं प्रोत्साहित गरिरहेछ । त्यही कारण निराश जनता असहाय बनेर अज्ञात उद्धारकको प्रतिक्षा गर्न वाध्य भएका छन् ।
विगत एक वर्षमा कानून र व्यवस्थाको अवस्था यति खराव भयो कि सरकार हराएकाले बत्ती बालेर खोज्नुपर्ने स्थिति सिर्जना भयो । देशमा यो संख्याको सरकार यसअघि कहिलै बनेका थिएनन् । केन्द्रमा सरकार, राज्यमा सरकार, नगर र गाउँमा सरकार ! जताततै सरकार । हाङ्गा र पातमा पनि सरकार छन् । तैपनि जनतालाई चाहिएका बेला छैन सरकार ! “वाटर, वाटर एभरीव्हेर वाटर, बट नट ए सिङ्गल ड्रप्स अफ वाटर टु ड्रिक व्हेन थस्र्ट” भनेजस्तै भएको छ । ती सबैका अतिरिक्त एउटा अर्को सरकार पनि छ, त्यो हो, प्रतिपक्षको छाँया सरकार । जनताले दुईतिहाइ मत दिएर बनेको देखिने सरकारले त काम गरेर देखाउन सकेको छैन भने अदृष्य छाँया सरकारको के काम ? उसले त आफूलाई मत नदिने जनतासित बदला लिन जथाभावी कर लगाउन, बलात्कार र अपराधका घटना खुलेयाम गर्न र भ्रष्टाचारमा विश्व रेकर्ड कायम गर्न सरकारलाई उचाल्ने काम पो रिरहेछ– त्यस्ता जनविरोधी कामको विरोधसम्म नगरेर ।

माथवरसिंह बस्नेत ।


विडम्वना पनि कस्तो भने सरकारको नेतृत्व, प्रजातन्त्र नचिन्ने र नमान्ने माओवादी नेताहरुले गर्ने, कांग्रेसचाहिँ आफूलाई प्रजातन्त्रवादी भनेर चिन्लान् र बिताउलान् भनेजस्तो गरेर डराई डराई लुकेर बस्ने । कांग्रेससंग हुत्ति हुँदो हो त माओवादीलाई माओकै शैलीमा विरोध गरेर भात खाउँ कि थालखाउँ तुल्याउनु पर्ने थियो । चीनका माओका नाममा पार्टी खोलेर राजनीति गर्दै आजको स्थान र स्थितिमा आइपुगेका कम्युनिष्ट सरकारको विरोध गर्दा माओलाई नै साक्षी राख्यो भने विरोध गर्न नपर्ने र नहुने केही पनि बाँकी बच्दैन । सबै प्रकारका जनविरोधी कामको प्रत्येक पाइलामा विरोध र भण्डाफोरको औचित्य सिद्धहुन्छ ।
माओले भनेका थिए– ‘You should support what enemy oppose, and you should oppose what enemy supports. एमाले अहिले न कम्युनिष्ट, न प्रजातन्त्रवादी, अर्थात् न नर, न नारीजस्तो तेश्रो लिंङ्गी पार्टी भयो, त्यो बेग्लै कुरा हो, तर जुन बेला मालेबाट एमालेमा रुपान्तरित भएर युरो कम्युनिजमलाई जनताको बहुदलीय जनवादका रुपमा परिभाषित गर्दै संसदीय चुनाव लड्यो र प्रमुख प्रतिपक्ष बन्यो, त्यस बेला उसको भूमिका कति नकारात्मक तथा ध्वंसात्मक थियो, त्यो जगजाहेर छ, दोहो¥याइरहन आवश्यक छैन । सरकारको मधुमास पनि सकिन पाएको थिएन, कर्मचारी उठाएर विरोधको आँधिवेरी ल्याउने नाममा सडकका रेलिङ भाँच्ने, टेलिफोनका बुथहरु ध्वस्तपार्ने, सार्वजनिक सम्पत्ति जथाभावी तोडफोड गर्ने मात्र होइन, सरकारी गाडी देख्यो कि आगो लगाईहाल्नेजस्ता घटना कांग्रेसले बिर्से पनि अहिलेका प्रधानमन्त्री र उनका सहयोगीले भूलेका छैनन्, किनभने उनीहरुको सत्ताको पहिलो खुड्किलो नै त्यही थियो । त्यसैमा टेकेर अहिलेको शिखरमा उनीहरु पुगेका हुन् ।
माओका कोटेसन सोझै लिंक नगरे पनि पूर्वएमालेबाट पाठ मात्र सिकेर उसको हतियार उसैमाथि प्रयोग गरेको भए पनि अहिलेसम्म राजधानीलगायत प्रमुख शहरमा आगो बलिसक्नुपर्ने हो । हिजोआज नेपालमा कम्युनिष्ट सरकार भनेको बलात्कारलाई छुट दिने र भ्रष्टाचारप्रति शून्य सहनशीलताका नाममा कसैलाई नरोक्ने मात्र होइन, कारवाही पनि नगर्ने बुख्याचाको सटिक उदाहरण बन्नपुगेको छ । भ्रष्टाचार यति खुल्लमखुला भएको छ कि देशमा सरकार छ भन्ने डर र त्राश कसैले लिन छाडिसकेका छन् । आर्थिक अपराध पनि पारदर्शी तरीकाले भइरहेका छन् । त्यति मात्र होइन, प्रशासन र अदालत दुवैले भ्रष्टाचार गर्न होड चलाएका छन्, सरकार नकच्चरो भएर देखेको नदेख्यै गरेर बसेको छ । शून्य शहनशीलता भनेको कारवाही नगर्ने जसले जे गरे पनि हुने अर्थमा उनीहरुले बुझेका छन् । अदालत र प्रशासनले त्यही अर्थमा व्याख्या गरिरहेका छन् । सरकार त अकर्मण्य र बबुरो बनेकै छ, प्रतिपक्ष पनि उसकै लाचार छाँया बनिदिएकाले करको भारले थिचिएका जनता भ्रष्टाचारको अत्याचार पनि सहन विवश छन् । त्राणको सिल्भरलाइन पनि देखिन छाडेको छ ।
पंचायतकालमा सिंहदरवार अगाडिको चोर औंला ठड्याउको राजा पृथ्वीनारायण शाहको सालिकलाई देखाएर एकथरि कर्मचारी भन्थे, उनले एक लाखसम्म घुस लिन्या र दिन्यालाई दण्ड नगर्नु भनेको हो । सातसालको क्रान्तिपछि राजा त्रिभुवन दिल्लीबाट फर्केका बेलाको प्रसिद्ध तस्वीरमा उनले दाहिने हातका पाँचै औंला उठाएका थिए । त्यसलाई कर्मचारीहरुले अब उप्रान्त पाँच लाखसम्म घुस खाएमा बात् लाग्दैन भन्ने व्याख्या गरे । त्यसपछि राजा महेन्द्रको जमाना आयो । उनको तस्वीरको पोज थियो, दुई हात जोडेर नमस्कार गरेको दृष्य । त्यसको अर्थ लगाइयो, दस लाखसम्म कमाए हुन्छ, त्योभन्दा बढीको लोभ नगर्नु । राजा बीरेन्द्रको पालमा आइपुग्दासम्म त्यस्तो सीमा र बन्देज हटिसकेको थियो । किनभने उनको जुन तस्वीर प्रचारमा ल्याइयो, त्यसमा उनका दुवै हात पछाडि फर्किएको थियो । त्यसलाई जसले जति कमाए पनि हुन्छ भन्ने अथ्र्याइयो । अहिलेका प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भनेको अर्थ पनि कारवाही हुन्न है भनेको हो भन्ने लगाइएको छ । त्यही परिभाषा जताततै चलेको छ । कांग्रेसले पनि आफ्नो मुख सिएर त्यस कथनको समर्थन गरिरहेकै छ ।
जसरी सर्वोच्च अदालतलगायत तल्लो तहका न्यायाधीश भ्रष्टाचारका मामलामा निरंकुश तथा स्वेच्छाचारी छन्, उनीहरुमाथि कसैको नियन्त्रण र अंकुश छैन, त्यसैगरि सरकार र प्रतिपक्ष पनि स्वेच्छाचारी तथा निरंकुश भएका छन् । पार्टीका नेतामाथि कार्यकर्ताको पहुँच नै छैन, झन् नियन्त्रण र सन्तुलनमा भूमिका हुने त कुरै भएन । सैद्धान्तिक रुपमा सरकारमाथि संसदको नियन्त्रण र सन्तुलन हुनुपर्ने हो । त्यही नियन्त्रण र सन्तुलनको व्यवस्थालाई प्रजातन्त्रको सुन्दर पक्ष भनेर प्रशंसा पनि गर्ने गरिएको छ । तर नेपालमा त्यो पनि अपवाद हुन पुगेको छ । संसदीय समितिहरुले सरकारलाई निर्देशन दिएको त देखिन्छ तर पालन भएकोचाहिँ कहिलै देखिएको छैन । प्रभावकारी अनुगमनको संयन्त्र पनि उनीहरुसंग छैन । दारा र नङ्ग्रा नभएको बाघलाई कसैले टेर्दैन, झन् सरकारले के टेरोस् !
चोरका हातमा तालसाँचो सुम्पनु भनेको चोरीबाट बच्ने सर्वोत्तम उपाय हो भन्ने पुरानो उखान, आधुनिक नेपालको राजनिितमा प्रयोग गर्ने अरु नै भए, तर त्यसको दुश्परिणाम झेल्ने विकल्प मात्र अभागी नेपालीका झोलामा झर्नपुग्यो । अवस्था यति दारुण छ, एकातिर भीर, अर्कोतिर पहिरो ! न सरकार, न प्रतिपक्ष दुवै जनताप्रति उत्तरदायी नभएपछि उनीहरु अशान्त मनको पीडा पोख्न जाउन पनि कहाँ ?


प्रतिपक्षको काम सत्तापक्षको विरोध गर्नु हो । मुखले सकारात्मक कामको समर्थन र नकारात्मक तथा जनविरोधी कामको मात्र विरोध गर्ने भन्न नछाड्ने । तर यथार्थमा सरकारलाई कामै गर्न नदिएर असफल तुल्याउनु उसको जन्मजात धर्म हो । त्यसो भनेर आध्यात्मिक धर्मलाई औंल्याइएको होइन, हरहालतमा पालन गर्नुपर्ने राजधर्मको स्मरण गराइएको मात्र हो । त्यसमा अहिलेसम्म कांग्रेस नराम्ररी चुकेको छ । त्यो उसमाथि आरोप पटक्कै होइन, यथार्थ मुखरित गरेको चाहिँ अवश्य हो । प्रमुख प्रतिपक्षका नाताले सरकारका अप्रजातान्त्रिक, जनविरोधी तथा भ्रष्ट क्रियाकलापको पाइलैपिच्छे विरोध गरेर सरकारलाई सचेत र जनतालाई जागरुक तुल्याउनु पर्ने थियो । तर कांग्रेस त्यसैमा विफल रहेको छ । कुन्नि किन हो, आफैं लज्जावती झार बनेर ओइलाउन थालेको छ । प्रकारान्तरले त्यसको अर्थ हो, सरकारका गलत कामलाई प्रतिपक्ष आफैं प्रोत्साहित गरिरहेछ । त्यही कारण निराश जनता असहाय बनेर अज्ञात उद्धारकको प्रतिक्षा गर्न वाध्य भएका छन् ।
विगत एक वर्षमा कानून र व्यवस्थाको अवस्था यति खराव भयो कि सरकार हराएकाले बत्ती बालेर खोज्नुपर्ने स्थिति सिर्जना भयो । देशमा यो संख्याको सरकार यसअघि कहिलै बनेका थिएनन् । केन्द्रमा सरकार, राज्यमा सरकार, नगर र गाउँमा सरकार ! जताततै सरकार । हाङ्गा र पातमा पनि सरकार छन् । तैपनि जनतालाई चाहिएका बेला छैन सरकार ! “वाटर, वाटर एभरीव्हेर वाटर, बट नट ए सिङ्गल ड्रप्स अफ वाटर टु ड्रिक व्हेन थस्र्ट” भनेजस्तै भएको छ । ती सबैका अतिरिक्त एउटा अर्को सरकार पनि छ, त्यो हो, प्रतिपक्षको छाँया सरकार । जनताले दुईतिहाइ मत दिएर बनेको देखिने सरकारले त काम गरेर देखाउन सकेको छैन भने अदृष्य छाँया सरकारको के काम ? उसले त आफूलाई मत नदिने जनतासित बदला लिन जथाभावी कर लगाउन, बलात्कार र अपराधका घटना खुलेयाम गर्न र भ्रष्टाचारमा विश्व रेकर्ड कायम गर्न सरकारलाई उचाल्ने काम पो रिरहेछ– त्यस्ता जनविरोधी कामको विरोधसम्म नगरेर ।
विडम्वना पनि कस्तो भने सरकारको नेतृत्व, प्रजातन्त्र नचिन्ने र नमान्ने माओवादी नेताहरुले गर्ने, कांग्रेसचाहिँ आफूलाई प्रजातन्त्रवादी भनेर चिन्लान् र बिताउलान् भनेजस्तो गरेर डराई डराई लुकेर बस्ने । कांग्रेससंग हुत्ति हुँदो हो त माओवादीलाई माओकै शैलीमा विरोध गरेर भात खाउँ कि थालखाउँ तुल्याउनु पर्ने थियो । चीनका माओका नाममा पार्टी खोलेर राजनीति गर्दै आजको स्थान र स्थितिमा आइपुगेका कम्युनिष्ट सरकारको विरोध गर्दा माओलाई नै साक्षी राख्यो भने विरोध गर्न नपर्ने र नहुने केही पनि बाँकी बच्दैन । सबै प्रकारका जनविरोधी कामको प्रत्येक पाइलामा विरोध र भण्डाफोरको औचित्य सिद्धहुन्छ ।
माओले भनेका थिए– ुथ्यग कजयगमि कगउउयचत धजबत भलझथ यउउयकभ, बलम थयग कजयगमि यउउयकभ धजबत भलझथ कगउउयचतक। एमाले अहिले न कम्युनिष्ट, न प्रजातन्त्रवादी, अर्थात् न नर, न नारीजस्तो तेश्रो लिंङ्गी पार्टी भयो, त्यो बेग्लै कुरा हो, तर जुन बेला मालेबाट एमालेमा रुपान्तरित भएर युरो कम्युनिजमलाई जनताको बहुदलीय जनवादका रुपमा परिभाषित गर्दै संसदीय चुनाव लड्यो र प्रमुख प्रतिपक्ष बन्यो, त्यस बेला उसको भूमिका कति नकारात्मक तथा ध्वंसात्मक थियो, त्यो जगजाहेर छ, दोहो¥याइरहन आवश्यक छैन । सरकारको मधुमास पनि सकिन पाएको थिएन, कर्मचारी उठाएर विरोधको आँधिवेरी ल्याउने नाममा सडकका रेलिङ भाँच्ने, टेलिफोनका बुथहरु ध्वस्तपार्ने, सार्वजनिक सम्पत्ति जथाभावी तोडफोड गर्ने मात्र होइन, सरकारी गाडी देख्यो कि आगो लगाईहाल्नेजस्ता घटना कांग्रेसले बिर्से पनि अहिलेका प्रधानमन्त्री र उनका सहयोगीले भूलेका छैनन्, किनभने उनीहरुको सत्ताको पहिलो खुड्किलो नै त्यही थियो । त्यसैमा टेकेर अहिलेको शिखरमा उनीहरु पुगेका हुन् ।
माओका कोटेसन सोझै लिंक नगरे पनि पूर्वएमालेबाट पाठ मात्र सिकेर उसको हतियार उसैमाथि प्रयोग गरेको भए पनि अहिलेसम्म राजधानीलगायत प्रमुख शहरमा आगो बलिसक्नुपर्ने हो । हिजोआज नेपालमा कम्युनिष्ट सरकार भनेको बलात्कारलाई छुट दिने र भ्रष्टाचारप्रति शून्य सहनशीलताका नाममा कसैलाई नरोक्ने मात्र होइन, कारवाही पनि नगर्ने बुख्याचाको सटिक उदाहरण बन्नपुगेको छ । भ्रष्टाचार यति खुल्लमखुला भएको छ कि देशमा सरकार छ भन्ने डर र त्राश कसैले लिन छाडिसकेका छन् । आर्थिक अपराध पनि पारदर्शी तरीकाले भइरहेका छन् । त्यति मात्र होइन, प्रशासन र अदालत दुवैले भ्रष्टाचार गर्न होड चलाएका छन्, सरकार नकच्चरो भएर देखेको नदेख्यै गरेर बसेको छ । शून्य शहनशीलता भनेको कारवाही नगर्ने जसले जे गरे पनि हुने अर्थमा उनीहरुले बुझेका छन् । अदालत र प्रशासनले त्यही अर्थमा व्याख्या गरिरहेका छन् । सरकार त अकर्मण्य र बबुरो बनेकै छ, प्रतिपक्ष पनि उसकै लाचार छाँया बनिदिएकाले करको भारले थिचिएका जनता भ्रष्टाचारको अत्याचार पनि सहन विवश छन् । त्राणको सिल्भरलाइन पनि देखिन छाडेको छ ।
पंचायतकालमा सिंहदरवार अगाडिको चोर औंला ठड्याउको राजा पृथ्वीनारायण शाहको सालिकलाई देखाएर एकथरि कर्मचारी भन्थे, उनले एक लाखसम्म घुस लिन्या र दिन्यालाई दण्ड नगर्नु भनेको हो । सातसालको क्रान्तिपछि राजा त्रिभुवन दिल्लीबाट फर्केका बेलाको प्रसिद्ध तस्वीरमा उनले दाहिने हातका पाँचै औंला उठाएका थिए । त्यसलाई कर्मचारीहरुले अब उप्रान्त पाँच लाखसम्म घुस खाएमा बात् लाग्दैन भन्ने व्याख्या गरे । त्यसपछि राजा महेन्द्रको जमाना आयो । उनको तस्वीरको पोज थियो, दुई हात जोडेर नमस्कार गरेको दृष्य । त्यसको अर्थ लगाइयो, दस लाखसम्म कमाए हुन्छ, त्योभन्दा बढीको लोभ नगर्नु । राजा बीरेन्द्रको पालमा आइपुग्दासम्म त्यस्तो सीमा र बन्देज हटिसकेको थियो । किनभने उनको जुन तस्वीर प्रचारमा ल्याइयो, त्यसमा उनका दुवै हात पछाडि फर्किएको थियो । त्यसलाई जसले जति कमाए पनि हुन्छ भन्ने अथ्र्याइयो । अहिलेका प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भनेको अर्थ पनि कारवाही हुन्न है भनेको हो भन्ने लगाइएको छ । त्यही परिभाषा जताततै चलेको छ । कांग्रेसले पनि आफ्नो मुख सिएर त्यस कथनको समर्थन गरिरहेकै छ ।
जसरी सर्वोच्च अदालतलगायत तल्लो तहका न्यायाधीश भ्रष्टाचारका मामलामा निरंकुश तथा स्वेच्छाचारी छन्, उनीहरुमाथि कसैको नियन्त्रण र अंकुश छैन, त्यसैगरि सरकार र प्रतिपक्ष पनि स्वेच्छाचारी तथा निरंकुश भएका छन् । पार्टीका नेतामाथि कार्यकर्ताको पहुँच नै छैन, झन् नियन्त्रण र सन्तुलनमा भूमिका हुने त कुरै भएन । सैद्धान्तिक रुपमा सरकारमाथि संसदको नियन्त्रण र सन्तुलन हुनुपर्ने हो । त्यही नियन्त्रण र सन्तुलनको व्यवस्थालाई प्रजातन्त्रको सुन्दर पक्ष भनेर प्रशंसा पनि गर्ने गरिएको छ । तर नेपालमा त्यो पनि अपवाद हुन पुगेको छ । संसदीय समितिहरुले सरकारलाई निर्देशन दिएको त देखिन्छ तर पालन भएकोचाहिँ कहिलै देखिएको छैन । प्रभावकारी अनुगमनको संयन्त्र पनि उनीहरुसंग छैन । दारा र नङ्ग्रा नभएको बाघलाई कसैले टेर्दैन, झन् सरकारले के टेरोस् !
चोरका हातमा तालसाँचो सुम्पनु भनेको चोरीबाट बच्ने सर्वोत्तम उपाय हो भन्ने पुरानो उखान, आधुनिक नेपालको राजनिितमा प्रयोग गर्ने अरु नै भए, तर त्यसको दुश्परिणाम झेल्ने विकल्प मात्र अभागी नेपालीका झोलामा झर्नपुग्यो । अवस्था यति दारुण छ, एकातिर भीर, अर्कोतिर पहिरो ! न सरकार, न प्रतिपक्ष दुवै जनताप्रति उत्तरदायी नभएपछि उनीहरु अशान्त मनको पीडा पोख्न जाउन पनि कहाँ ?

प्रतिक्रिया दिनुहोस्