
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ ।
प्रवक्ता शर्माका अनुसार आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको हो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।














