
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको तालमेल अनुसार एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार दुर्गाबहादुर पुन अध्यक्ष निर्वाचित भएका हुन् ।
पुनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर सेन पराजित भएका छन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश भरारी निर्वाचित भएका छन् । भरारीसँग नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार भीमा बुढाथोकी पराजित भए ।











