चितवन । भरतपुर महानगरपालिकामा पुन गठबन्धनले अग्रता लिएको छ । सोमबार पछिल्लो मत परिणामअनुसार १६०३३ गणना सकिएको छ ।
जसअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल ५३५० मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाएका छन् । जसअनुसार दाहालले १८ मतको अग्रता लिएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन् । उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाका हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।











