
काठमाडौं । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका दीपेन पोमू ३ हजार ३६ मत प्राप्त गर्दै विजयी भए । उनले काँग्रेसका बिश्वनाथ सिटौलालाइ ५ सय १० मतान्तरले पराजित गरेका हुन् ।
पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर एमालैबाटै उपाध्यक्षको चुनाव लडेकी शान्ता आङ्बुहाङ पनि निर्वाचित भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गर्दै माओवादीका प्रजिन हाङ्वाङलाइ पराजित गरिन् ।
यहाँ एमालेले ४ र माओवादीले १ वडाध्यक्ष जितेका छन् ।











