Logo
Logo

दुर्घटनाग्रस्त तारा एअरको विमानमा को को थिए ?


11k
Shares

काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको छ । सरकारी सञ्चारमाध्यम नेपाली टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएअनुसार आज बिहान सम्पर्कविही भएको तारा एअरको विमान दुर्घटनामा परेको हो ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमतर्फ उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।
पूर्ण विवरण आउन बाँकी

यो समाचार पनि पढ्नुहोला

प्रतिक्रिया दिनुहोस्