Logo
Logo

पत्र आएर पनि मलाई झुट बोल्न लगाइयो : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पत्रबारे आफूलाई समयमै थाहा नदिने जो भएपनि कारबाही गर्ने बताएका छन् । भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भनि भारतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नगराउने व्यक्तिलाई प्रधानमन्त्री ओलीले कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तक्र्रियामा बौलै प्रधानमन्त्री ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन ।’ उनले आफूलाई थाहा नभएको कुरामा पत्र आएको भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएकाले सत्य कुरा बोद्या पनि ‘झूट’ भएको बताए । प्रधामन्त्री ओलीले भने, ‘पत्र आएर पनि मलाई झुट बोल्न लगाइयो । त्यो म बुझ्दैछुु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु ।’
भारतीय दूतावासले पत्र पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हटेको भन्दै चौतफी आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो । उनले समाचारमा आएका कुरालाई समेत खण्डन गर्दै आएका थिए । तर, अहिले आएर भारतीय दूतावासको पत्र आएको स्वीकार्दै पत्र आएर पनि सयममा आफूलाई जानकारी नगराएको बताएका छन् ।
साथै, प्रधानमन्त्री ओलीले सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्प लिएर अगाडि बढेको पनि बताए । उनले भने, ‘शंका गनुर््पर्दैन । प्रदेशले केन्द्रले अधिकार नै दिएन भनेको सुनिन्छ । तर त्यो होइन । यो कुरा प्रदेशले त्यो बुझ्नपर्यो ।’ उनले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो भूमिका रहेकाले आफ्नो भूमिका निर्वाह गर्न त्यसैअनुसार अघि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्