Logo
Logo

मेयर बालेन साहले पत्रकार थर्काए


31.5k
Shares

काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दुर्व्यवहार गरेका छन् ।

उनले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिएका हुन् । हिमालय टेलिभिजनका अनुसार फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार संकलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर निकाल्न लगाएका हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको बताएको छ ।

महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्