Logo
Logo

फूलकोर्टको ५ निर्णय- निष्पक्ष छानबिनदेखि मिडियालाई अपिलसम्म


378
Shares

काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्टले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सोमबार बसेको पूर्ण बैठकपछि सर्वोच्चका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गरेर संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई अनुरोध गरेका छन् । साथै उनले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएका छन् ।

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निप्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानून बमोजिम छानबीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

‘सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानबीन र अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकोले यस संस्थासँग सम्वन्धित समाचारहरु प्रकाशन गर्दा यसले आम जनता एवम सेवाग्राहीहरुमा भ्रम र नकरात्मक असर नपरोस भनी छानबीनको निष्कर्ष प्राप्त नहुँदै कसैलाइ लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले आग्रह गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000