
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले जितका लागि काठमाण्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो ।
ओपनर अरिफुल इस्लाम २२ बलमा ५ चौका र ३ छक्का सहयोगमा ४४ रन बनाउँदा शाहब आलमको बलमा डेविड वार्नरको हातबाट क्याच आउट भए ।
मार्क वाट १७ रन बनाउँदा क्याच आउट नै भए । जिसन आलमले ७ र दिपक डुम्रेले ८ रन थप्दै पेभेलियन फर्के ।
पाचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातले ६५ रनको साझेदारी गरे। हुसैन ३० बलमा १ चौका २ छक्का सहयोगमा ४० रन बनाउँदा जहानदाद खानको बलमा हिट विकेटमा आउट भए ।
१२ बलमा २ छक्का सहयोगमा २० रन बनाएका गुल्सन झा करण केसीको बलमा रासिद खानको हातबाट क्याच आउट भए । पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे ।
काठमाडौंका लागि करण केसीले २ विकेट लिए । शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे । काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
















