काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।बैठकमा कांग्रेस, एमाले, नेकपा, जसपा र राप्रपाका नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक बासना थापा, एमाले संसदीय दलका उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्त ठाकुर, राप्रपाबाट खुश्बु ओली लगायत सहभागी छन् ।
बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल हुने बताएको छ ।
















