
काठमाण्डौ । झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे आसपासमा गएराति भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने सम्भावना छ । पछिल्लो ६ घण्टा निरन्तर पानी परिरहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले बिहान ५ बजे सूचना जारी गर्दै यस्ताे आग्रह गरेको हाे ।आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश एक, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा सुदूरपश्चिमका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।














