Logo
Logo

सरकारले नागरिकतालाई राजनीतिको हतियार बनाएको भीम रावलले आरोप


756
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले नागरिकतालाई राजनीतिको हतियार बनाएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले नागरिकतालाई कुनै राजनीतिको स्वार्थको हतियार नबनाउन आग्रह गरे ।

‘नेपाली चेलीहरु भारत बिवाह गरेर जाँदा नागरिकता पाउन ७ वर्ष कुर्नु भने अनि हामीले चाही तत्काल दिनुपर्ने ?’, नेता रावलले भने, हामी नेपाली नागरिकले सहज रुपमा नागरिकता पाउनुपर्छ। तर विदेशी नागरिकहरुको लागि सहज गरेर नेपाल जस्तो देशलाई जनसख्याको राजनीतिबाट नेपालीहरुलाई अल्पमतमा पार्ने कुरा नेपालको राष्ट्रिय हितमा हुन सक्दैन ।’

आम निर्वाचनमा जाँदै गर्दा नागरिकता जस्तो विषयलाई कोट्याएर यसमा राजनीति स्वार्थ राखेर जनतालाई देखाउनको लागि नागरिकताको विषयलाई थप जटिल नबनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्