Logo
Logo

काठमाडौंमा पार्टीको कुनै बैठक छैन : उपेन्द्र यादव पक्ष


1k
Shares

काठमाडौं । फुटको संघारमा रहेको सत्ता साझेदार दल जसपाका उपेन्द्र यादव पक्षले काठमाडौंमा जसपाको केन्द्रीय समितिको बैठक नरहेको जनाएको छ । जसपाले शुक्रबार विज्ञप्ति जारी गरी यही असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक २९ र ३० असारमा वीरगञ्जमा बस्ने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनाधिकृत रुपमा जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि भ्रम फैलाएको उल्लेख गरिएको छ ।

जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पनि असार २९ र ३० गते काठमाडौँमा विस्तारित बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्