Logo
Logo

नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय


2k
Shares

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय भएको हो ।

नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने एक मन्त्रीले जानकारी दिए ।

संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो । मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्