Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

नागरिकता विधेयक फिर्तादेखि जापानका पूर्वप्रधानमन्त्री आबेको हत्यासम्म


630
Shares

१. संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता, नागरिकताबाट वञ्चित भएका सबैलाई समेट्न नसकेकाले विधेयक फिर्ता गरको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, कसै पनि नागरिकताबाट वञ्चीत नहुने दाबी, फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक फेरि पेश गर्ने मन्त्रिपरिषदको निणर्य ।


२. जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या, गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआ पक्राउ, आबेको मृत्युमा शनिबार राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय, हत्याको भत्सर्ना, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूद्वारा आबेको निधनप्रति दुःख व्यक्त ।


३. २०६२-०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य ड्राफ्ट आफूले तयार पारेको एमाले अध्यक्ष केपी ओलीको दाबी, छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाईका लागि माओवादीले जनयुद्ध गरेको भनाइ, सरकारले मूल्य बढाएर जनताको ढाड भाचेको अभिव्यक्ति, सरकार नालायक र अनैतिक भएको टिप्पणी ।


४. बजार मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई ज्ञापनपत्र, हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको र प्रभावकारी बजार अनुगमन हुन नसकेको गुनासो, भन्सार गेट र उद्योग गेट मूल्यको आधारमा मूल्य विश्लेषण गर्न सुझाव ।


५. बलात्कारसम्बन्धी घटनाको मुद्दामा दुईथरी हदम्याद प्रस्ताव गरिने, बालबालिका तथा अपांगता, अशक्त र मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षसम्मको हदम्याद प्रस्ताव राख्ने सहमति, २१ वर्षको उमेरसम्म बलात्कारको मुद्दाको हदम्याद ३ वर्ष हुने, अन्य महिलाले २ वर्षभित्र उजुरी दिनुपर्ने ।


६. झापाको तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला, मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिमा नाइरोबी पुष्टि, बालबच्चा र ज्येष्ठ नागरिकहरुमा बढी संक्रमण, स्थानीय मेडिकलमा एन्टिभाइरल क्रिम किन्नेको भीड, औषधि सकियो, विर्तामोडबाट मगाइँदै ।

७. नेकपा एकीकृत समाजवादीको प्रतिनिधिसभा प्रमुख सचेतकमा सरला यादव, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हर्कबहादुर सिंह, पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३४.७० अंकले ओरालो लागेर एक हजार ९९२.६२ मा झयो, ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.६० अंकले ओरालो लागेर ३७९.८९ मा कायम, २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँमा खरिद बिक्री, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो ।


९.थप बच्चा जन्माउने चिनियाँलाई प्रोत्साहन भत्ता, जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराउने, श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग, आर्थिक सङ्कट, मूल्यबृद्धि न्युनिकरण गर्न नसकेकोले राजीनामा दिनुपर्ने भनाइ ।


१०. राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेतालाई १० लाख रुपैयाँको आकर्षक ट्रफी दिइने, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाटै लागू हुने, ट्रफीलाई विभागीय टिमसँगै सात वटै प्रदेशमा ओलम्पिक टर्च टुर गराइने, टि-२० विश्वकप २०२२ को ट्रफी नेपाल ल्याइने, फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी भष्ट्रचार मुद्धामा निर्दोष ।

प्रतिक्रिया दिनुहोस्