
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मत गणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको हो ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् । त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह)ले ९१९ मत पाएकी छन् ।
वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना भइरहेको जनाइएको छ।
वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।














