Logo
Logo

प्रचण्डसँग राष्ट्रसंघ र युरोपेली युनियनका संयुक्त प्रतिनिधिमण्डलद्वारा भेटवार्ता


882
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचर्ड होवर्डलगायत अमेरिका, बेलायत, अस्ट्रेलिया तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

शनिबार भएको भेटमा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेको भन्दै आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

साथै, नेपालको शान्ति प्रक्रियालाई नेपालीले नै नेतृत्व गरेकाले मौलिक प्रकृतिको रहेको उनीहरुले बताए । उनीहरुले गम्भीर मानव अधिकार उलंघनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारका बारेमा पनि चासो राखेका थिए ।

सो भेटमा प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गरेका थिए । उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामूहिक शुभेच्छा र चासोप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका संवेदनशीलता प्रति राजनीतिक तहमा गम्भीर छलफल भएको र सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्