काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर आएका नेतालाई पार्टीमा उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारी दिएका छन् ।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी त्यागेका थापाले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् ।
गिरी, तिमिल्सिना र श्रेष्ठसँगै राप्रपा छाडेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किएका छन् । अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेका एक नेताले जानकारी दिए ।














