Logo
Logo

तीजकाे नाच चलिरहेकाे ठाउँमा चट्याङ : २ महिलाको मृत्यु


819
Shares

दाङ । घोराही उपमहानगरपालिकामा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ ।

१२ नं वडाकाे गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

चट्याङ लागेर अरू १० जना घाइते भएका छन् । घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताए ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्