Logo
Logo

सुर्खेतमा ग्याङफाइट : १ जनाको मृत्यु


1.4k
Shares

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा २ समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच ग्याङफाइट भएको हो । सो क्रममा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘स्थानीयसँग सोधपुछ गर्दा २ समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्