Logo
Logo

नरैनापुरको सुख्खाग्रस्त क्षेत्रका लागि बिशेष प्याकेज : अर्थमन्त्री


567
Shares

बाँके । अर्थमन्त्री जनार्दन शमाले बाँके नरैनापुरका सबै वडामा डीप बोरिङ जडान गर्ने बताएका छन् । बिहीबार नरैनापुर पुगेका मन्त्री शर्माले सुख्खाग्रस्त क्षेत्रका लागि बिशेष प्याकेज ल्याउने बताए ।

‘तपाईंहरूका समस्या बारे म जानकार छु । विषेश गरी शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन मेरो पहल हुने छ,’ मन्त्री शर्मालाई नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका थिए ।

सो क्रममा अध्यक्ष शाहले स्वागत गरी खडेरीका कारण आफ्नो पालिकामा लगाइएको धानबाली नष्ट भएको जानकारी गराउँदा पनि संघ र प्रदेश सरकारले चासो नदेखाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्