Logo
Logo

‘टुबोर्ग आर्थर गन होमकमिङ टुर’ बुटवलमा


567
Shares

काठमाडौं । प्रचलित गायक दिवेश पोखरेल (आर्थर गन)ले टुबोर्ग होमकमिङ टुरअन्तर्गत लर्ड बुटवलमा प्रस्तुति दिएका छन् ।

क्लब प्लाटिनम काठमाडौं, लाईम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको सफलतापछि बुधबार बुटवल पुगेका उनले ‘उनले के पीर पर्यो तिमीलाई ?’ गीतबाट प्रस्तुति थालेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता लोकप्रिय गीतले दर्शकको निकै ताली पायो ।

दर्शकले आर्थरका नेपाली र अंग्रजी गीतको मजा लिए । आर्थरले अब धरान, बिर्तामोड र किर्तिपुरलगायत शहरमा प्रस्तुति दिनेछन् । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो ।

दर्शकले उनलाई अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकले धेरै प्रशंसा गरेका थिए । विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनि प्रशंसा पनि गरेकी थिईन् ।

उनी उक्त शोको १८औं सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायक र कलाकारले समस्त कार्यक्रम भरि प्रशंसा गरे ।

टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ । टुबोर्गले सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ ।

सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्