Logo
Logo

नरबहादुरको बयान : दुई-तीन वर्षदेखि सपनामा दुःख दियो, खुकुरीले हानेँ !


19.3k
Shares

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ७ गौधाटार मैनामैनीमा भएको एकै परिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनामा संलग्न पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । शुक्रबार ३७ वर्षीय राजकुमार बस्नेत, उनका श्रीमती ३३ वर्षका सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।

बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो । त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ’, नरबहादुरको बयान छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार पक्राउ परेका नरबहादुरले मृतक सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् ।

‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’

नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो । त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ’, नरबहादुरको बयान छ।

प्रतिक्रिया दिनुहोस्