Logo
Logo

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या गर्ने सार्वजनिक


2.8k
Shares

उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ बर्षिय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

शुक्रबार ३७ वर्षीय राजकुमार बस्नेत, उनका श्रीमती ३३ वर्षका सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए । बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो । त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ’, नरबहादुरको बयान छ ।

प्रतिक्रिया दिनुहोस्