Logo
Logo

पूर्णिमालाई नेपाल लाइफको सहयाेग


126
Shares

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमाबीच सम्झौतामा हस्ताक्षर गरिएको छ । गोरखाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो ।

उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालका ८ हजार मिटर भन्दा अग्ला ७ ओटा हिमाल चढिसकेकी छन् । अब पूर्णिमा बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् ।

नेपाल लाइफ इन्स्योरेन्सले पूर्णिमाको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे ।

पूर्णिमाले हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित र हौसला मिलेकोे बताइन् ।

प्रतिक्रिया दिनुहोस्