Logo
Logo

कांग्रेस खोटाङबाट सर्वधन राई १ नम्बरमा सिफरिस


4.2k
Shares

खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० आकांक्षीको नाम सिफारिस गरेको छ ।

पूर्वराज्यमन्त्री सर्वधन राई पहिलो नम्बरमा सिफरिस भएका छन् । राईसहित प्रत्यक्षतर्फ सिफारिस हुने अन्य नेतामा सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य (आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राई छन् ।

यसैगरी समानुपातिक महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीलाई सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव समिर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्