Logo
Logo

संघीय सरकारविरुद्ध केही दिन भित्रै मुद्दा हाल्छौं : मुख्यमन्त्री


8.3k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री पाण्डेले संघीय संसद् राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको भन्दै सरकारविरुद्ध केही दिन भित्रै मुद्दा हाल्ने चेतावनी दिए ।

सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयता विरोधी, संविधान विपरीतको सो विधेयक किन पारित गरेको ? भनेर राष्ट्रियसभालाई प्रश्न गरे ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रियसभा आफैँले संविधानको विरुद्धमा गएर, संघियताको विरुद्धमा गएर ती दुई वटा विधेयकहरू पारित गरेको बताए । विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा संघीय सरकारलाई दिने उल्लेख गरिएको छ ।

सो कुरा संघीयता र संविधानविरुद्ध भएकाले आफ्नो आपत्ति रहेको मुख्यमन्त्री पाण्डेको दाबी थियो । उनले संघीयता विरोधी सो विधेयक पारित गर्ने राष्ट्रियसभालाई संघीयता कार्यान्वयनको बारेमा छलफल गर्दै हिँड्ने अधिकार नभएको पनि पटकपटक दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस्