Logo
Logo

भ्रष्टाचार मुद्दामा कटारीका लेखा अधिकृतलाई ९ वर्ष कैद


2.1k
Shares

काठमाडौं । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद फैसला गरेको छ ।

३ फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो ।

उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको ठहर भएको हो ।

प्रतिक्रिया दिनुहोस्