Logo
Logo

१ किलो पहेँलो धातुसहित महाराजगंजबाट २ जना पक्राउ


2.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट १ किलोग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000