Logo
Logo

वडास्तरबाटै ल्याउँछौं समाजवाद : राजेन्द्र पाण्डे


1.3k
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको शुरुआत गरिने बताएका छन् ।

योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उहाँले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइनेछ ।’ उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि रु १५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए । उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड बताए ।

प्रतिक्रिया दिनुहोस्