Logo
Logo

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


2.1k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक आज पनि बस्दैछ।

सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन्। बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदल सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए।

कार्यदलसहित शीर्ष नेताहरुको साेमबारकाे बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ। कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको नेता शर्माको भनाइ छ।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ। असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बझुाउने निर्वाचन कार्यतालिका रहेकाले दलहरु छिट्टै सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा छन्।

प्रतिक्रिया दिनुहोस्