Logo
Logo

च्याम्पियन्स लिग : पिएसजीको पूनरागमन जित



एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा पूनरागमन जित निकालेको छ ।

१ गोलले पछि परेको स्थिति उल्टाएर मकावी हाइफालाई ३–१ ले पराजित गरेको हो । सामी अफर स्टेडियम हाइफामा २४औं मिनेटमा टिजारोन चेरीको गोलबाट घरेलु टोलीले पिएसजीविरुद्ध अग्रता बनाएको थियो ।

पिएसजीको जितमा लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारले गोल गरे । यससँगै पिएसजी २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । ६ अंक नै रहेपनि बेन्फिका गोलअन्तरमा पछि छ ।

युभेन्ट्स र मकावीले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्