
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले भ्रष्टलाई चैनमा बस्न नदिने बताएका छन् ।
‘माओवादी नेतृत्वमा रहँदासम्म माओवादीले बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टलाई चैनमा बस्न दिइँदैन । यो कुरा चाहीँ पक्का हो,’ पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने ।
आफू रहुञ्जेल प्रतिक्रियावादीको चाहना पूरा नहुने उनको दाबी थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाहिर भ्रष्टाचार गर्दिनँ भने पनि भित्र भ्रष्टाचार मात्रै गरेको उनको आरोप थियो ।












