
काठमाडौं । एनआइसी एशिया बैंकले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले भुक्तानी गरेको हो ।
बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीका हिताधिकारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । देशभरका १ हजार ७ सय ३३ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा बापत २ करोड ६० लाख, दुर्घटना बीमा बापत ७० लाख र मेडिकल बीमा बापत ३ करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।
बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा समावेश छन् ।
साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवा ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिका लागि समेत ५ वर्षका लागि पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
एनआइसी एशियाले मुलुकभर रहेका ३५९ शाखा, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।












