Logo
Logo

नरैनापुरमा ‘हाम्रो बिद्यालय म बनाउँछु’ अभियान



बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु भएको छ ।

अध्यक्ष इश्तियाक अहमद शाहले संविधान दिवसको पूर्व सन्ध्यामा १२ जना करार शिक्षकलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै अभियान सुरु भएको घोषणा गरे । अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गरे ।

शिक्षण पेसा मर्यादित भए शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने उनको भनाइ छ । विद्यालयको भौतिक पूर्वाधार विस्तारमा पालिकाले प्राथमिकताका साथ काम गरिरहको छ । शिक्षा सेवाको क्षेत्र भएकाले शिक्षकले सेवासुविधाका नाममा पढाउन छाडेर आन्दोलन गर्न जान नमिल्ने बताए ।

गुणस्तरीय शिक्षाका लागि पूरै टिम खटेर लागिपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्