
काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ ।
आइतबार विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रिबन काटेर सेवाको शुभारम्भ गरे ।
नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरका माध्यमबाट आफ्नो तथा परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गरे । यससँगै नेपाल लाइफ डाइनामिक क्यूआर पेमेन्ट सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।
अब नेपाल लाइफका देशैभरका शाखा तथा उपशाखाबाट डाइनामिक क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सकिने छ । र्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए ।

डाइनामिक क्यूआर पेमेन्टका माध्यमबाट २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डाइनामिक क्यूआर पेमेन्ट पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक-फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।
ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकामा कम्पनीप्रति कृतज्ञता जाहेर गरे ।












