Logo
Logo

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल


252
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नभएको बताएका छन् । काठमाडौंमा आयोजित दसैँका शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्नेुसमेत बताए ।

उनले भने, ‘जसको कुनै दृष्टिकोण र उद्देश्य छैन । कार्यक्रम छैन, गन्तव्य छैन । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो ।’

नेता पोखरेलले भने, ‘देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । त्यो आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले फैसला गर्नेछन् ।’ उनले राम्रो पार्टी र नेतालाई मतदान गरेर जताउनसमेत आग्रह गरे । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकालेमात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनको दावी छ ।

नेता पोखरेलले भने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो । यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ ।’

प्रतिक्रिया दिनुहोस्