Logo
Logo

रुपन्देही ४ को मातगणना स्थगित


5.2k
Shares

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ ।

जस अनुसार साइकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मतप्राप्त गरेका छन् । यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।

फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसि सहमतिको प्रयास भइरहेको बताए । उनले आधा घण्टा भित्रै मतगणना सुरु गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्