Logo
Logo

नवलपरासीमा मतगणनास्थल नजिकै खुकुरी प्रहार, एक जनाको मृत्यु


5.7k
Shares

रुपन्देही । पशिचम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राती एक युवकको खुकुरी प्रहार गरी मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५/४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते सोही उमेरकी महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इप्रका बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन ।

मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्