Logo
Logo

कामना सेवा र इष्टर्न एजेन्सीजबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रालिबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार इष्टर्न एजेन्सीजमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इष्टर्न एजेन्सीजको तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।

बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्