काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ‘कर्पोरेट उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएको छ । द एइआरएम अर्वाड फर कर्पाेरेट एक्सिलेन्टद्वारा आयोजना गर्दै आएको यस अवार्डअन्तर्गत बीमा क्षेत्रको विधामा यस वर्ष नेशनल लाइफ इन्स्योरेन्सलाई अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड समारोहमा नेशनल लाइफसहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।












