Logo
Logo

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छे बैंकको क्युआरकोड सेवा


945
Shares

काठमाडौं । माछापुच्छे बैंकले डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवद्र्धन दिने उद्देश्यका साथ पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआरकोड सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीको भीडभाड हुने गर्दछ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छे बैंकले शनिबार औपचारिक कार्यक्रम गरी मन्दिरमा क्युआर कोड हस्तान्तरण गरेको थियो ।

उक्त क्युआरकोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छे बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर (ए)का प्रमुख नारायण केसीमार्फत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेललाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।

यो सेवा सञ्चालनपछि मन्दिरमा आउने दशनार्थीले क्युआरकोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीले क्युआरकोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआरकोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ । डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन ओटिपी पासवर्डलगायत अन्य बंैकिङ विवरण कसैसँग पनि सेयर नगर्नसमेत बैंकले अनु्रोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्