काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सदरमुकाम बेनी बजारमा कम्पनीका ब्रान्ड एम्बासडर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै म्याग्दीका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको हो ।

बेनी बजारमा करिब तीन सयजनाको सहभागितामा बिमा सचेतनासम्बन्धी ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवन बिमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बिमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिएका थिए ।
कलाकार श्रेष्ठले भने, ‘मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तीमा आफूले सक्ने क्षमताको बिमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, बिरामी हुनै नपरे भविष्यमा बचतका रूपमा फिर्ता पाइन्छ ।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बिमाको अवधारणा विकास भएको बताउँदै बिमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ कम्पनीका रूपमा स्थापित भएको सिटिजन लाइफ नयाँ र आकर्षक सुविधासहित आएको उनले बताए ।












