Logo
Logo

द्रव्यलाभको १२औँ वार्षिक साधारणसभा सम्पन्न


5k
Shares

काठमाडौँ । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष भक्तबहादुर पराजुलीको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन प्रमख अतिथि बागमती प्रदेशसभा सदस्य तथा सहकारी सङ्घ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले गर्नुभएको थियो ।

संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले सञ्चालन गरेको उद्घाटन समारोहमा अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष ठाकुरप्रसाद बाँस्कोटा, एकता व्यापार सङ्घ तथा अभिच्छिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद खरेललगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु चार करोड ७४ लाख ७२ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको आज सम्पन्न १२औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष पराजुलीले संस्थाले रु १६ करोड ७५ लाख छ सय ४८ बचत गरी रु १७ करोड ४२ लाख ३५ हजार ७३ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा रु दुई करोड १३ लाख ७६ हजार तीन सय १० ले ऋण लगानी बढाएको छ । यसबाट संस्थाले तीन करोड १० लाख ३३ हजार ९६९ आम्दानी गर्न सफल भएको छ ।

सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु एक करोड ८४ लाख ५१ हजार ७ सय ८१ ले बढेर रु २५ करोड ५७ लाख ७१ हजार ९५६ पुगेको छ । सहकारीका ९ सय दुई शेयर सदस्यमध्ये छ सय ५९ पुरुष र दुई सय ४३ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु छ लाख २६ हजार आठ सय ६८ कर बुझाएको छ ।

संस्थाको जगेडा कोषमा रु १ करोड दुई लाख ९५ हजार एक सय ९० जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड १३ लाख १८ हजार तीन सय ७७ जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खुद नाफाको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य खिकाप्रसाद पराजुलीलाई सम्मान गरेको छ भने संस्थाले असल बचतकर्तातर्फ विष्णुकुमार जोशी, असल ऋणीतर्फ सुप्रिया भण्डारीलाई सम्मान गरेको छ ।

त्यस्तै संस्थाले उत्कृष्ट कर्मचारी मीना श्रेष्ठ, एसइईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई छात्रातर्फ श्वेताकुमारी साह, आर्यदीप बस्नेत, अभियान प्रसाईँलाई नगद रु पाँच हजारसहित सम्मान गरेको छ ।

कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठ, लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य र ऋण उपसमितिका संयोजक गोविन्द श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतरुपमा पारितसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्