Logo
Logo

काश्मिरमा शक्तिशाली भूकम्प : २५ को मृत्यु, सयौँ घाइते


- दृष्टि न्युज/संवाददाता


इस्लामाबाद, ८ असोज (एजेन्सी) । पाकिस्तान र भारतको सीमाक्षेत्रमा काश्मिरमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी २५ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट एक सयभन्दा बढी भवन क्षतिग्रस्त भएको जनाइएको छ ।
भूकम्पको धक्काले सडक भासिएपछि त्यसमा परी दर्जनौँ सवारीमा क्षति भएको पाकिस्तानबाट सञ्चालित डनन्युजले उल्लेख गरेको छ । डनन्युजका अनुसार अहिलेसम्म भूकम्पबाट घाइते हुनेको संख्या ४ सय नाघेको छ । अहिले पनि सेना र प्रहरीले उद्दार कार्य जारी राखेका छन् ।

भूकम्पको प्रभाव पाकिस्तान प्रशाशित कश्मीर क्षेत्रमा बढी परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको छ । ८ देखि १० सेकेण्डसम्म हल्लाएको भूकम्पले भारतका केही सहरमा समेत असर पुगेको छ । भुकम्पको धक्काले पाकिस्तानको पक्की सडकहरु समेत ध्वजा फाटेको छ । 

प्रतिक्रिया दिनुहोस्