Logo
Logo

एकल साँझमा गुञ्जिए कवि बान्तुका कविताहरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज । गीतकार तथा कवि अमर वान्तु राईका कविताहरु ‘एकल कविता साँझ–२०७६’ गुञ्जिएका छन् । मंगलबार गीतकार तथा कवि वान्तुले एकल कविता साँझमा ७ वटा कविताहरु प्रस्तुत गरे । उनका कवितामा जविन भोगाइ र समाजका विसंगति चित्रित थियो ।
स्मार्ट माइक्रो रिसर्चको आयोजना तथा कवि बम बानियाँको सभापतित्वमा सम्पन्न एकल कविता साँझमा वरिष्ठ गीतकार, कवि एवं पूर्वअर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यका रुपमा उपस्थित थिए ।
कार्यक्रममा चर्चित कवि श्रवण मुकारुङ, साहित्यकार डा. विप्लप ढकाल गीतकार विश्व बल्लभ, वरिष्ठ संगीतकार राजु सिंह, न्ह्यू बज्राचार्य, वरिष्ठ गजलकार ललिजन रावल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापालगायत साहित्यिक तथा सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई स्वागत गर्दै स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले साहित्यिक पर्यटनलाई बोकेर कविता साँझको यात्रा गर्दै गर्दा पहिलो शृङ्खलामा कवि अमर वान्तु पहिलो रहेका बताएका थिए । कार्यक्रममा कवि वान्तुलाई आयोजक संस्था स्मार्ट माइक्रो रिसर्चको तर्फबाट सम्मानसमेत गरिएको थियो ।
कवि अमर वान्तुले समाजमा घटेका घटनाक्रमहरुलाई साहित्यक ढंगबाट प्रस्तुत गर्दै परिभाषाका राँटाहरुलाई चिर्ने प्रयास गरेका थिए । उनको कवितासंग्रह परिभाषाका राँटाहरुबाट नै केही कविता उनले प्रस्तुत गरेका थिए । उनको कविता सुनिसकेपछि साहित्यकार डा. विप्लव ढकालले कविताहरुमाथि समिक्षा गर्दै कवि वान्तु फरकधारका अब्बल कवि भएको बताएका थिए ।
५०औं वसन्त पार गरेपछि साहित्यमा उदाए पनि उनको साहित्यिक मनमा भने १६ वर्षे झल्किएको थियो । कवि श्रवण मुकारुङले भोजपुरको माटोमा सँगै खेलेका कवि वान्तुको काव्यशैली नै समाजमा भेटिएका राँटाहरुलाई चिर्ने काममा लागेको फरकधारका कवि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्