Logo
Logo

बत्तिसपुतलीमा कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आन्तरिक भेला गरेका छन् । नेता शेखर कोइराला पक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन भेला भएको हो ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज (आइतबार) बिहान ८ बजेदेखि भेला जारी रहेको कोइराला सचिवालयले जानकारी दिएको छ । १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू भेलामा सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोमा संस्थापनइतर समूहका केही नेता असन्तुष्ट छन् । यस्तै पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नराखेको, चुनावी समीक्षा समयमै नगरेको जस्ता आरोप इतर पक्षका नेताहरुको छ । । सभापति देउवालाई विधानको पालना गर्न संस्थापनइतर समूहले दवाव सिर्जना गर्न नसकेको गुनासो पनि छ ।

प्रतिक्रिया दिनुहोस्